Logo
Logo

एमाले कोशी अधिवेशन : उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत, अरू पदमा आज मतदान


630
Shares

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा आज मतदान हुँदै छ । नयाँ नेतृत्व चयनका लागि शुक्बारदेखि सुरु भएको अधिवेशनमा आज अध्यक्षसहित पदका लागि मतदान हुने भएको हो ।

उपाध्यक्षमा भने टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् । उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् । उनी यसअघि पनि प्रदेश कमिटी उपाध्यक्ष थिए ।

अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुनेछ । अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुनेछ । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

दुई उपसचिवका लागि भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीको उम्मेदवारी दर्ता भएको छ । २१५ सदस्यीय प्रदेश कमिटीमा इलामबाट १५ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्