
काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको जग्गा खरिद गरेको छ । आफ्नै स्वामित्वमा केन्द्रिय कार्यालय निर्माण गर्न बैंकले काठमाडौं महानगरपालिका-१ स्थित १०५.५६२६ आना क्षेत्रफल जग्गा किनेको हो ।
कर्पाेरेट कार्यालय भवन निर्माण गर्ने उद्देश्यले बैंकले उक्त जग्गा र सो जग्गामा रहेका संरचना खरिद गरेको बैंकका कम्पनी सचिव प्रमोद कुमार दाहालले जानकारी दिए ।
उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिला खारेज भई आएपश्चात् उक्त रकम भुक्तान गर्ने निर्णय भएको कम्पनी सचिव दाहालले बताए ।















