Logo
Logo
सुन तस्करी प्रकरण

आजै तीन सदस्यीय छानबिन समिति गठन गर्ने सहमति, तीन महिना कार्य अवधि


4.2k
Shares

काठमाडौं । सरकार र प्रतिपक्ष दलबीच सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाउनेबारे सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल एमालेबीचको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने सहमति बनेको हो । समिति तीन सदस्यीय हुने र कार्यअवधि तीन महिनाको हुने छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार जाँचबुझ आयोग उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा बनाइने छ ।

उनले भने, ‘विदेशबाट ल्याइएको इलेक्ट्रिक सिगरेट र साउन २ गते ब्रेक–सुमा राखेर तस्करी गरिएको सुनलगायत पटकपटक तस्करीको विषयलाई सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने सहमति भएको छ ।’

गत साउन २ गते थाइल्याण्डबाट ल्याइएको अवैध सुन विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा सिनामंगलबाट बरामद भएको थियो । उक्त सुन प्रकरणमा हालसम्म ३१ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्