Logo
Logo

‘मदन पुरस्कार’ विवेक ओझाको ‘ऐठन’ लाई, टेकवीरलाई जगदम्बा


819
Shares

काठमाडौं । यस वर्षको ‘मदन पुरस्कार’ विवेक ओझाको उपन्यास ‘ऐठन’ लाई प्रदान गरिने भएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले यस वर्षको ‘मदन पुरस्कार’ ‘ऐठन’ लाई दिने निर्णय गरेको हो ।

यसअघि मदन पुरस्कारको सूचीमा ५ पुस्तक छनौट भएका थिए । जसमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठान र द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेका थिए ।

यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार÷चार लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्