
काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना सम्पन्न भएको छ ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्ड टुरिजम डे को अवसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम आयोजन गरेको हो ।
यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टिी अवारनेस, प्रमोटिङ सिस्टमेटिक राइडकल्चर’ र हेरिटेज साइटको प्रवर्द्धन गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।
असोज १३ गते विहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर कंलकी स्वयम्भु भगवानपाऊ छाउनी भिमसेनथान बसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपोनडोल पाटनढोका पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो ।
बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरियको थियो ।














