Logo
Logo

महाधिवेशन तयारीका लागि नागरिक उन्मुक्तिद्वारा १५ वटा उपसमिति गठन


567
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगामी पुस २६-२८ सम्म हुने महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति गठन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि १५ वटा उपसमिति गठन गरेको हो ।

जसअनुसार राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, निर्वाचन समितिमा दामोदर पण्डित, आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, साँस्कृतिक तथा झाँकी समितिमा लक्ष्मण किशोर चौधरीले जिम्मेवारी पाएका छन भने अतिथि सत्कार समितिमा धर्मबहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डाक्टर सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारुलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्