Logo
Logo

सिनामंगलमा आज पनि डाक्टरहरूको प्रदर्शन


1.2k
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

आइतबार चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मी कुटिएपछि उनीहरुले सिनामंगलस्थित मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरेका हुन् । कुटपिटमा संलग्नमध्ये २ जना पक्राउ परेपनि एक जना अझै फरार रहेको उनीहरुको भनाइ छ ।

उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । आइतबार आपसी विवादका क्रममा विरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्