Logo
Logo

झारखण्डमा वर्षा र चट्याङले आठ जनाको मृत्यु



काठमाडौं । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् भने केही वेपत्ता छन् ।

झारखण्डको जामतारा जिल्लामा चट्याङ लागेर एक महिलासँगै उनका डेढ वर्षदेखि सात वर्षसम्मका बालबालिकाको मृत्यु भएको त्यहाँका प्रहरी अधिकारीहरुले बताएका छन् ।

झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षा अझै केही दिन जारी रहने मौसमविदहरुले बताएका छन् ।

अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडक डुबानमा परेका छन् । नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्