Logo
Logo

कोशीमा एमालेको समर्थनमा कांग्रेस नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै


2.3k
Shares

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको शेखर कोइराला पक्षले मुख्यमन्त्री दावी गर्ने भएको छ । त्यसका लागि शेखर पक्षका ८ जना प्रदेशसभा सदस्यसहित एमाले सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

मुख्यमन्त्री दावी गर्न प्रदेश जानुअघि कोशी प्रदेश एमाले संसदीय दलको कार्यालयमा भेला भएका थिए । यसअघि कांग्रेसको शेखर पक्षले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको दाबी गर्न लागेको हो ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । तर, आठ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । कांग्रेसको कोइराला पक्षले आफ्नो पक्षका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले माओवादीका इन्द्र आङबोलाई मुख्मन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्