Logo
Logo

कोशी कांग्रेसले भन्यो- कार्कीलाई मुख्यमन्त्री बनाउने समर्थन फिर्ता गर


16.9k
Shares

विराटनगर । कोशी प्रदेश कांग्रेसको कार्यसम्पादन समितिको बैठकले केदार कार्की मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ । शुक्रबार बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।

कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोधसमेत बताएका छन् । साथै, केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको उनको भनाइ छ ।

यसबीच केन्द्रमा पनि कार्यसम्पादन समितिको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले कोशी कांग्रेसमा देखिएको विग्रहबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्