Logo
Logo

कोशी प्रदेशसभा बैठक कात्तिक १ गते बोलाइयो


441
Shares

विराटनगर । कोशी प्रखेशसभा बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज (सोमबार) एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजे बस्ने गरी बैठक बोलाएको हो ।

असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी रहेको जनाइएको छ ।

नेपाली कांग्रेसका सांसद कार्की गत शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले दशैं अगाडी नै प्रदेशसभाबाट विस्वासकाे मत लिने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्