Logo
Logo

मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने


1.6k
Shares

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कििमतिको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए ।

नेपाली कांगेसबाट विद्रोह गरेका सांसदको समर्थनमा शनिबार मुख्यमन्त्री बनेका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्