Logo
Logo

एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध



जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सरकारले मनोमानी गरेको भन्दै एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको एमालेलको आरोप छ ।

एमाले सांसद दीपेन्द्र ठाकुरले भने, ‘सबै दलका नेतालाई राखेर मुख्यमन्त्रीले सहमति गर्नुभएको थियो । १५ दिनको समय मागेको थियो । तर, महिनौं बित्दा पनि चासो नदिएर आफ्नो कामकारबाही अगाडि बढाउनु भएको छ । त्यसैले हामीलाई जवाफ चाहियो ।’

एमाले सांसदहरुले उठेर विरोध गरेपछि बैठक अवरुद्ध भएको थियो । एमाले सांसदहरुलाई विरोध गरिरहेका बेला सभामुख पटक पटक बस्न आग्रह गरेका थिए । तर, उनीहरु मुख्यमन्त्री वा सरकारबाट जवाफ नआएसम्म बैठक अवरुद्ध गर्ने भनेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्