Logo
Logo

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- स्थायी सरकार बनेको छ, ढुक्कले काम गर्नुहोस्


504
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीसँगको छलफलमा उनले राष्ट्रसेवक कर्मचारीले काम गर्दा आफैँलाई सन्तुष्टि मिलेको छ कि छैन भन्ने विषय आत्मसात् गर्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले भने, ‘अब स्थायी सरकार बनेको छ । तपाईंहरु ढुक्क भए काम गर्नुहोस् । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताका भएकाले उच्च मनोबलका साथ काम गर्नुस् ।’ कर्मचारी तनमनले जनताको काममा लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सुशासन जनताका इच्छा भएकाले यसमा कसैसँग पनि सम्भौता गर्न सकिँदैन । जनतालाई शासन होइन सेवा दिन राष्ट्रसेवक कर्मचारीले तनमनले काम गर्नुपर्छ ।’

नेतालाई गाली गर्ने प्रवृत्ति कर्मचारीले त्याग्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘मन्त्रीलाई पनि जिम्मेवार बनाउनुपर्छ । अब सुन्ने मात्र होइन, निकास दिनुपर्छ । जनताको अख्तियारीलाई सही सदुपयोग गर्नुपर्छ । आफूले गरेको काममा सन्तुष्ट हुने गरी गर्नुहोस् । जनतलााई खुसी बनाउन सहकार्य गरौँ ।’ उनले बजेट बनाउँदा खुद्राभन्दा पनि प्रदेशस्तरको काम गर्नेगरी तयार गरिनुपर्नेमा जोड दिए ।

छलफलमा सहभागी विभिन्न मन्त्रालयका सचिवले सम्बन्धित मन्त्रालयबाट हुँदै आएका काम र समस्याबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्