Logo
Logo

कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत


6.4k
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । 

बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभाध्यक्ष सिर्जना दनुवारले घोषणा गरे ।

विश्वासको मतको प्रस्तावका पक्षमा ८६ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । उनको विपक्षमा ५ मत परेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका र नेकपा एकीकृत समाजवादीकाका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले विपक्षमा मतदान गरेका थिए ।  

सत्तारुढ गठबन्धनबाट विद्रोह गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिएका हुन् । 

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन् । 

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि विश्वासको मत लिएका हुन् । 

कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्