Logo
Logo

कोशीमा सहमतिको सरकार बन्छ : इन्द्र आङ्बो


1.1k
Shares

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीमा अब सहमतिको सरकार बन्ने बताएका छन् । बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता आङ्बोले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताएका हुन् ।

उनले भने, ‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ ।’ मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले विश्वासको मत दिएको छ । राप्रपाले भने मत दिएन ।

मुख्यमन्त्री कार्की सबै दलको साझा बन्ने प्रयास हुने पनि बताउँदै उनले भने, ‘अब आपसी संवादपछि जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार हुन्छ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000