Logo
Logo

नेपालले भारतबाट ९५ हजार टन चामल ल्याउन पाउने



काठमाडौं । भारतले नेपालसहित सात देशलाई तोकिएको परिमाणमा गैरबासमती चामल निर्यात गर्न अनुमति दिएको छ । भारतले गत जुलाई–२० मा गैरबासमती चामल निर्यातमा रोक लगाएको थियो ।

बुधबार भारतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै चामल निर्यातको अनुमति दिएको जानकारी गराएको हो । उक्त सूचना अनुसार नेपालले ९५ हजार टन चामल ल्याउन पाउने भएको छ । यसअघि नेपालले चामल निर्यातमाथिको प्रतिबन्ध खुकुलो बनाउन भारतसँग आग्रह गर्दै आएको थियो ।

प्रतिबन्ध लगाइएको तीन महिनापछि भारतले नेपालका लागि निर्यातको कोटा तोकेको होे । बुधबार जारी गरिएको सूचना अनुसार ७ देशलाई कुल १० लाख ३४ हजार ८ सय टन चामल निर्यातको कोटा दिइएको छ ।

चामल निर्यातको अनुमति पाउनेमा नेपालसहित कैमरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसल्स रहेका छन् । तोकिएको कोटाको चामल भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत गरिने सूचनामा उल्लेख छ । भारतबाट १ सय ४० देशमा चामल निर्यात हुँदै आएको छ । तर, आन्तरिक बजारमा मूल्यवृद्धि हुन नदिन भारतले चामलको निर्यातमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्