Logo
Logo

निर्माण व्यवसायीलाई सरकारले ६ अर्ब भुक्तानी गर्ने



काठमाडौं । सरकारले निर्माण व्यवसायीहरुलाई बाँकी रहेको रकम दशैँअघि भुक्तानी गर्ने भएको छ । पुँजीगत खर्च भई रकमको अभावमा निर्माण व्यवसायीको बाँकी रहेकाे ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने अर्थमन्त्रालयले निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानीका लागि दिएको पत्रमा देखिएको हो । अर्थमन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पठाएको पत्रमा गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको रकम भुक्तानी दिने भनिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयअन्तर्गतका निर्माण कामको भुक्तानीका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ ।

सडक तथा पुल निर्माण, रेल मार्ग तथा हवाई मैदान निर्माण, तटबन्ध तथा बाँध निर्माण, सिँचाइ संरचना निर्माण, सरसफाई संरचना निर्माण र अन्य सार्वजनिक निर्माणको दायित्व भुक्तानीका लागि अब महालेखा अन्तर्गतका कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिने छन् ।

प्रतिक्रिया दिनुहोस्