Logo
Logo

चिनियाँ विदेशमन्त्री किन शत्रुराष्ट्र अमेरिका जाँदै छन् ?



एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्नुहुने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ ।

उनको भ्रमण आगमी महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको चिनियाँ समकक्षी सि जिनपिङबीच सम्भावित बैठकभन्दा अघि हुन गइरहेको छ ।

अधिकारीहरूका अनुसार विदेशमन्त्री वाङले अक्टोबर २६ देखि २८ सम्म अमेरिकी राजधानी वासिङ्टन डिसीको आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने छन् ।

यद्यपि वाङले आफ्नो अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे अधिकारीहरूले केही उल्लेख नगरेको सीएनएनले बताएको छ । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गर्ने छन् ।

विदेशमन्त्री वाङको अमेरिका भ्रमणलाई ‘जुनमा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको बेइजिङ भ्रमणपछिको एउटा पारस्परिक भ्रमण’ भएको एक चिनियाँ अधिकारीले बताएका छन् ।

सीएनएनका अनुसार अमेरिका र चीनबीच तनाव बढिरहेको छ तर बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ ।

वाङको भ्रमण यस्तो समयमा हुन गइरहेको छ जतिबेला अमेरिकाले आतङ्कवादी समूह हमाससँग जारी युद्धमा इजराइललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

‘वाङको यो भ्रमण विभिन्न मुद्दामा चीनसँग सञ्चारको खुला च्यानलहरू कायम राख्ने जारी प्रयासको एउटा हिस्सा हो’, चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले भनेको छ ।

यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस–स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्ध र उत्तेजक उत्तर कोरिया’ लगायतका मुद्दामा अमेरिकी अधिकारीहरूले चिनियाँ विदेशमन्त्री वाङसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्