Logo
Logo

राजा महाराजाहरूको झल्को दिने राष्ट्रपतिको टीका समारोह


3.2k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टीका लगाइदिएका छन् । 

मंगलवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दसैँको उपलक्ष्यमा टीका लगाइदिएका हुन् । 

राष्ट्रपतिबाट टीका ग्रहण गर्न प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरू, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरू पुगेका थिए ।

राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा टीका ग्रहण गर्न सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । यसअघि विजया दशमीको शुभ साइतमा राष्ट्रपति पौडेलले परिवार र आफन्तलाई टीका र जमरा लगाइदिए । त्यस्तै उनले विजया दशमीको दिन भाउजू विष्णुमाया पौडेलेको हातबाट बडा दसैँको टीका ग्रहण गरेका थिए ।

गणतन्त्रअघि राजाहरूले राष्ट्र प्रमुखको रूपमा उच्चपदस्थ र सर्वसाधारणलाई टीका लगाइदिने गर्दथे । गणतन्त्रपछि त्यसैको निरन्तरता स्वरुप राष्ट्रपतिहरूले पनि टीका लगाइदिने प्रचलन बनेको छ । तर, राष्ट्रपतिले राजा जस्तै उच्चपदस्थ र सर्वसाधारणलाई टीका लगाइदिने गरेको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्