
काठमकाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च मुल्यमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन अहिलेसम्मकै महँगो मूल्यमा एक लाख १७ हजारमा किनबेच भएको हो ।
त्यस्तै तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको सुनको भाउ शुक्रबार एकैदिन एक हाजर रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
सुनको भाउ पछिल्लो १२ दिनमा ५ हजार एक सय रुपैयाँले बढेको महासंघले जनाएको छ । मंसिरमा विवाहको सिजन रहेकाले पनि सुनको माग बढेको र भाउ पनि बढ्ने सम्भावना रहको महासंघको भनाइ छ ।












