Logo
Logo

सुन भाउ ५ सय रुपैयाँले घट्यो


693
Shares

काठमाडौं । नेपाली बजारमा लगातार उकालो लाग्दै आएको सुनको भाउ आज (सोमबार )भने ओरालो लागेको छ । सोमबार तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार ५ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्