Logo
Logo

बुद्ध एयरले फेरि ल्यायो नयाँ जहाज


4.9k
Shares

काठमाडौ । बुद्ध एयर प्रालिले फेरि नयाँ जहाज भित्र्याएको छ । कम्पनीले नाइनएन एओसी कलसाइन रहेको एटीआर–७२ जहाज शुक्रबार ल्याएको हो ।

कम्पनीले नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याएर आगामी एक महिनाभित्रमा उडान सेवा शुरु गर्ने जनाएको छ । योसँगै कम्पनीसँग अब जहाजको संख्या १७ पुगेको छ । जसमा १४ वटा एटीआर–७२ र तीनवटा एटीआर–४२ छन् ।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ । कम्पनीले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान गर्दै आएको छ भने अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्