Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । 

त्यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा कायम गरेको छ ।

 बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा कायम गरेको राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८६ पैसा तथा बिक्री दर ८५ रुपैयाँ ५ पैसा तोकेको छ । यता क्यानेडियन डलर खरिददर ९५ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ९६ रुपैयाँ ३९ पैसा तोकिएको छ । 
  
जापनीज ऐन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ८ रूपैयाँ ९२ पैसामा तथा चाइनिज युआन १ को खरिददर १८.१७ रुपैयाँ तथा बिक्री दर १८.२५ रुपैयामा कारोबार हुनेछ ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३५ रुपैयाँ ५९ पैसा छ भने युएई दिराम १ को खरिददर ३६.१९ पैसा तथा बिक्रिी दर ३६.३५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्