Logo
Logo

आज सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनचाँदीको भाउ ७ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्