Logo
Logo

एनआईसी एशिया बैंकद्वारा भूकम्प प्रभावित राहत उद्धार कोषमा रु ५१ लाख सहयोग घोषणा



काठमाडौं । लाखौं ग्राहक महानुभाव गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बंैकले जाजरकोट भूकम्पबाट प्रभावितको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा रु. ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ ।

कात्तिक १७ गते शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो । भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा बैंकले हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

एनआइसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्