Logo
Logo

हिमालयन बैंकद्वारा भूकम्पपीडितलाई २१ लाख बराबरको राहत सामग्री प्रदान



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भूकम्पपीडितलाई २१ लाख रुपैया बराबरको राहत सामग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ ।

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकममा ठूलो जीउ–धनको क्षति पु¥याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दालाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बंैकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्