Logo
Logo

भूकम्पपीडितका लागि भाटभेटनीले पठायो चामल



काठमाडौं । गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको ६.४ म्याग्नेच्युटको भूकम्पले अहिलेसम्म १५३ जनाले ज्यान गुमाएका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

यस्तै, सरकारी तथ्यांकअनुसार जाजरकोटमा करिब ३४ हजार घरधुरी प्रभावित भएका छन् । ९ हजार ७ सय ९४ घर पूर्ण क्षति पुगेको सरकारी तथ्यांक छ । भूकम्प गएको साता दिन वित्न लाग्दासमेत भूकम्प पीडितहरुलाई राहत अभाव भइरहेको समाचारहरु आइरहेको छ । चिसो मौसमका कारण बृद्धबृद्धा तथा बालबालिका बढी जोखिममा परेका छन् ।

घर भत्किएर खाद्यन्न, भाँडाकुँडा पुरिएपछि कतिपयले खाना समेत खान पाएका छैनन् । यही मानवीय संवेदनालाई ध्यानमा राखेर भाटभेटनी सुपर स्टोरले ४० लाख रुपैयाँ बराबरको ४२ लाख केजी चामल सानो भेरी गाउँपालिका, आठविस नगरपालिका र चौरझारी गाउँपालिकाका भूकम्पपीडितका लागि पठाएको भाटभेटनी सुपर स्टोरका कार्यकारी प्रमुख पानु पौडेलले दृष्टिन्युजलाई बताए ।

कार्यकारी प्रमुख पौडेलका अनुसार शनिबारसम्म ४० लाख रुपैयाँ बराबरको ४२ लाख केजी चामल जाजरकोट भूकम्पपीडितलाई पुग्ने छ । भोक र शोकमा परेका भूकम्पपीडितका लागि यसले केही राहत मिल्ने विश्वास भाटभेटनीले लिएको छ ।

यसैगरी, यसअघि नै भूकम्पपीडितका लागि भाटभेटनी सुपर स्टोरका अध्यक्ष मिनबहादुर गुरुङले एक करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्