Logo
Logo

३ महिनामा भित्रियो ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोजमा रेमिट्यान्स ३० दशमलव शून्य प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

गएको आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स २५ दशमलव नौ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड पुगेको छ ।

तीन महिनामा श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख १३ हजार तीन सय ९७ रहेको छ । गएको वर्षको यही अवधिमा श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ४७ हजार नौ सय २३ थियो ।

यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार दुई सय ९७ छ । गएको वर्षको यही अवधिमा यस्तो सङ्ख्या ५७ हजार आठ सय ६१ थियो ।

प्रतिक्रिया दिनुहोस्