Logo
Logo

यस्तो आज विदेशी मुद्राको विनिमय दर ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्