Logo
Logo

सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँ घटेको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार उक्त सुन तोलाको एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन तोलामा एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्