Logo
Logo

सुनको भाउ एकै दिन २ हजार ३ सय रुपैयाँले बढ्यो


3.4k
Shares

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेरको छ ।

नेपाल सुनचाँदी व्यवशायी महासंघका अनुसनार आज एकै दिन २ हजार ३ सय रुपैयाँले बढेर तोलाको एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुन तोलाको एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेर तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्