Logo
Logo

लोक छठ पर्वको अवसरमा शुभकामना अदान-प्रदान



रौतहट । बज्जिका साहित्य संगम रौतहटले लोक छठ पर्वको अवसरमा गौरमा सम्मान तथा शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । बज्जिका भाषा विकासका लागि लामो समय देखि कलम चलाई रहेका गोरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखा दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका मिश्रलाई रौतहटको पत्रकारिता क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान रहेका छन् । बज्जिका भाषा साहित्यमा लामो समय देखि कलम चलाई रहनु भएका साहित्यकार महिला रेणु गुप्ताको अध्यक्षतामा भएको सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रममा छठको अवसरमा साहित्यका कार्यक्रम गरेकोमा आयोजक पक्षलाई सहभागीले सराहना गरेका छन ।

गोरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक मिश्रले नेपालमा मात्र होईन बज्जिका भाषाको अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित हुँदै गएको बताए । यस भाषालाई थप उचाईमा पु¥याउन सबै बज्जिका भाषीलाई कार्यकारी सम्पादक मिश्रले आग्रह समेत गरेका छन् ।

यय सम्मानले मलाई थप भारी बोकाउने काम भएको बताउदै भाषाका लागि अथक योगदान गर्ने प्रतिवद्वता गरे । साहित्यकार तथा पुर्व शिक्षक बिन्दा सहनीले बज्जिकामा विवेकानन्दलाई यश संस्थाले सम्मान गरेर सबै सबैलाई सम्मान गरेको जस्तो आफुलाई लागेको बताए ।

गौर नगरपालिका वडा नम्बर २का पुर्व वडा अध्यक्ष राकेश कुमार झा ले वडा बज्जिका भाषाको लागि हरेक सहयोग गर्ने प्रतिवद्वता गरे । पुर्व प्रधानाध्यापक गौरी कान्त मिश्रले भाषाका लागि योगदान गर्ने सम्मानित हुनु गौरबको कुरा हो भनेका थिए । सो अवसरमा बज्जिका भाषा विकासका अभियन्ता संजय साह मित्र ,ईन्द्र कुमार झा , विपिन बिहारी सिह, विके मिश्र ,किसुन दयाल श्रीकृष्ण, केदार साह, संगीता सहनीसहितले लोक महापर्व छठको शुभकामना तथा रचना समेत वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्