Logo
Logo

नेप्से परिसूचकमा २३.८२ अङ्कको गिरावट



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न कम्पनीका दुई सय ८५ कम्पनीको ३६ लाख ७५ हजार एक सय एक कित्ता शेयर ३७ हजार छ सय सात पटक खरिदबिक्री हुँदा रू ९५ करोड चार लाख ७९ हजार पाँच सय ८३ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २१ अर्ब एक करोड ८१ लाख ८७ हजार आठ सय ८० बराबर पुगेको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक तीन दशमलव १२ र लघुवित्त समूहको दुई दशमलव ८९ प्रतिशतले बढेको छ ।

मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव १३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने माथिल्लो मैलुङखोला लिमिटेडको शेयर मूल्य नौ दशमलव ७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड रू सात करोड ७८ लाख २९ हजार दुई सय ३८ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दुई लाख नौ हजार सात सय ६० कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्