Logo
Logo

पर्यटन व्यवसायमा सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढी आयकर मनकामना दर्शन प्रालिले तिरेको छ ।

राष्ट्रिय कर दिवस-२०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा आन्तरिक राजस्व कार्यालयले पर्यटन ब्यवसाय मध्ये सबैभन्दा बढी कर तिरेकोमा मनकामना दर्शन प्रालिलाई सम्मानित गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन क्षेत्रमा सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप प्रालिका नायव महाप्रबन्धक बिरेन्द्र श्रेष्ठलाई कदरस्वरुप सम्मानपत्र प्रदान गरे । सरकारले गत वर्ष सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई विभिन्न १६ वटा विधामा सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्