Logo
Logo

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा हाज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेलो धातु सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्