Logo
Logo

मंसिर १६ र १७ मा लुम्बिनी प्रदेश सम्मेलन गर्दै कांग्रेस


630
Shares

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ। कांग्रेसले प्रदेश कार्यसमिति गठनपछि पहिलो पटक गर्न सम्मेलन गर्न लागिएको हो।

सम्मेलनका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतलाई बोलाइएको लुम्बिनी कांग्रेसले जनाएको छ।

प्रदेश सम्मेलन तयारीका लागि लुम्बिनी सभापति अमरसिंह पुनले मंसिर १३ गते बिहान ११ बजे पदाधिकारी र सदस्यहरूलाई बैठकमा बोलाएका छन्।

कांग्रेस विधानअनुसार हरेक कार्यसमितिले वर्षमा कम्तिमा एक पटक सम्मेलन गर्नुपर्ने हुन्छ। साेही अनुसार लुम्बिनी प्रदेशले सम्मेलन कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्