Logo
Logo

विद्युत् महसुल नतिरेपछि काटियो स्वास्थ्य मन्त्रालयको लाइन


504
Shares

काठमाडौँ । नेपाल विद्युत प्रधिकरणले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेपछि प्राधिकरणले राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको लाइन काटेको हो ।

प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत् लाइन कटौती गरेपछि मन्त्रालय विद्युतविहीन हुन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् कनेक्सन काटिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ ।

कार्यालयका अनुसार बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महसुल दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ । सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले कुनै जिम्मेवारी नलिएपछि बाध्य भएर मन्त्रालयको विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्