Logo
Logo

भाषा विज्ञान समाजको ४४औँ वार्षिक सम्मेलन सुरु



काठमाडौं । भाषा विज्ञान समाज नेपालको ४४ औँ वार्षिक सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

दुई दिन चल्ने वार्षिक सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सुरु भएको हो । सम्मेलनलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समुद्घाटन गरेका हुन् ।

समाजका अध्यक्ष प्रा.डा. बलराम प्रसाईंको अध्यक्षतामा भएको समुद्घाटन सत्रमा भाषा आयोगका अध्यक्ष डा। गोपाल ठाकुर, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य–सचिव डा. धनप्रसाद सुवेदी, भाषाविद् प्रा।डा। चुडामणि बन्धु, एडम मिकिविच युनिभर्सिटी, पोल्याण्डका प्रा।डा। तोमास विचरकिविक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।

अतिथिहरूले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा मन्त्री सुदन किरातीले नेपाल बहुभाषिक मुलुक भएकाले भाषाको सम्मान, संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए ।

सम्मेलनको आयोजकमा भाषा विज्ञान समाज नेपाल रहेको छ भने सहप्रयोजकमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मदन भण्डारी मेमोरियल कलेज र आदिवासी, जनजाति आयोग रहेका छन् । यसैगरी सहयोगी संस्थाको रुपमा विश्वविद्यालय अनुदान आयोग, भाषा विज्ञान केन्द्रीय विभाग, त्रिवि, एसआइएल इन्टरनेशनल, एनएफडिआइएन रहेका छन् ।

सम्मेलनमा विभिन्न ६ वटा सत्रमा ६१ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्