Logo
Logo

कोसी प्रदेशसभाबाट बजेट पारित


630
Shares

विराटनगर । कोसी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । प्रदेशसभाको आजको बैठकले बजेट पास गरेको हो ।

यसअघि, अध्यादेशमार्फत एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट ल्याएका थिए । अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयधमार्फत संशोधनसहित पारित भएको हो ।

चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेस भएको थियो । यो अघिल्लो सरकारले ल्याएको बजेटभन्दा बजेट ५० करोड बढी हो ।

बजेटसम्बन्धी विनियोजन अध्यादेश प्रतिस्थापन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रतिस्थापन विधेयक पेस गरेका थिए । त्यसमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासाबारे मंगलबार मुख्यमन्त्री कार्कीले जवाफ दिएका थिए ।

विनियोजनसम्बन्धी विधेयकमा उल्लेखित कार्यक्रमबाट खर्च कटौती गर्न एमालेका ६ र राप्रपाका दुईजना गरी जम्मा आठजना सांसदले खर्च कटौतीको प्रस्ताव गरेका थिए । त्यसको औचित्यबारे बुधबार बसेको प्रदेशसभा बैठकमा सांसदले त्यसबारे आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्