Logo
Logo

स्याङ्जाको पुतलीबजारमा पनि सानिमा बैंकको शाखा



स्याङ्जा । सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

बुधबार बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका सञ्चालक रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मदनकृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, बैंकका सञ्चालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रूपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा एटिएम सञ्चालनमा ल्याएर सानिमा बैंकले सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्