Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार ६ सय पुग्यो



काठमाडौं । आज सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायममा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्