Logo
Logo

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य : राजेन्द्र मल्ल


315
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका  लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । 

भक्तपुर चेम्बर अफ कमर्सको छैटौँ साधारणसभा एवं तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्वपूर्ण रहेको बताए । 

उनले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारी तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्दछ । करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ ।’

मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक भएपनि निजी क्षेत्र र आम सर्वसाधारणले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको अध्यक्ष मल्लको भनाई छ । उनले  मुलुकमा उद्योगीको एवं व्यवसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भिर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । 

सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए । अध्यक्ष मल्लले भने, ‘सरकारले चालु खर्चमा मुठी कस्नुपर्ने बेला आएको छ । ऋण लिएर चालु खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन । खर्च पारदर्शिता कायम गर्न आवश्यक छ, । ’

बजेटमा महत्वकाङ्क्षी कार्यक्रमहरू घोषणा भएपनि कार्यन्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लले बताए । सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सँघै अस्थिर हुनेगरेको अध्यक्ष मल्लले बताए । 

अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबाट साना तथा मझौला उद्योग सबै भन्दा बढी प्रभावित भएको अध्यक्ष मल्लको भनाइ छ । अर्को प्रसङ्गमा उनले भक्तपुरलाई अन्तराष्ट्रिय पर्यटक आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।  

प्रतिक्रिया दिनुहोस्