Logo
Logo

इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ऋणीले लगाएको आरोप खण्डन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणीले लगाएको आरोपको खण्डन गरेको छ ।

बैंकका ऋणी राजेश बाँस्कोटाले आफूलाई बैंकले आत्मदाह गर्न बाध्य बनाएको भन्दै सामाजिक सञ्जालमार्फत अध्यक्ष पृथ्वीबहादुर पाण्डे र सिइओ ज्योतिप्रकाश पाण्डेलाई लेखेको एक पत्र सार्वजनिक गरेका थिए । बैंकले सो कुराको खण्डन गरेको हो । 

कर्जा उपभोग गरिरहेका ऋणी बाँस्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको भन्ने कुरा झुटो भएको बैंकले जनाएको छ । यसैगरी, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिँदै आएको अनुदान रकमबाट वञ्चित गरिएको, बैंकले व्यवसायनै बन्द गराएको आदी जस्ता आरोप पनि सत्य नभएको बैंकले बताएको छ । 

ऋणी बाँस्कोटाले बैंकका कर्मचारीलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमा गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काइदिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरि सेवा प्रवाहमा अवरोध पुर्याउने काम गरेको बैंकको आरोप छ ।

बैंकका अनुसार बाँस्कोटा कृषि तथा पशुपालन र भिरपाखा रिर्सोटको नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ९तत्कालिन मेगा बैंक नेपाल लिमिटेड० बाट बिभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । 

यसमा बाँस्कोटा कृषि तथा पशुपालनको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भइसकेको र भिरपाखा रिसोर्टको नाममा स्वीकृत बिभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भइसकेको बैंकको भनाई छ । 

बाँकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुँदा कर्जा स्वीकृत गर्दाको शर्तहरू मुताविक प्रवाह नभएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्