Logo
Logo

आन्तरिक उत्पादनको आलु र प्याजमा कर नलाग्ने



काठमाडौं । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएको छ । आलु र प्याज बिक्रीमा भ्याट लगाइएको भन्दै व्यापारीले चार दिनदेखि आलु र प्याजको कारोबार ठप्प पारेपछि विभागले शुक्रबार आन्तरिक उत्पादनमा कर नलाग्ने प्रंष्ट पारेको हो ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै आलु र प्याजको आन्तरिक उत्पादनको बिक्रीमा पनि मूल्य अभिवृद्धि कर लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । स्वदेशी उत्पादन अभिवृद्धि करको व्यवस्था गरिएको भएपनि आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने विभागले प्रष्ट्याएको छ ।

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीतिअनुरुप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ’ विभागले विज्ञप्तिमा भनेको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका थिए । नेपालमा प्याज भारत र बंगलादेशबाट आलु आयात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्