Logo
Logo

नगेन्द्र नेम्वाङको पुस्तक ‘स्वस्थ जिन्दगीको सान’ विमोचन



काठमाडौं । मनोक्रान्ति अभियन्ता नगेन्द्र नेम्वाङको पुस्तक ‘स्वस्थ जिन्दगीको सान’ एक समारोहबिच विमोचन गरिएको छ ।

काठमाडौंमा आयोजित समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा नेपाली साहित्यका शिखर व्यक्तित्व वैरागी काइँला र मनोक्रान्ति अभियन्ता डा. योगी विकासानन्दले विमोचन गरेका हुन् ।

पूर्वबेलायती सेना र हाल बेलायतमा रहेर पत्रकारिता तथा समाज सेवामा क्रियाशील नेम्वाङले पुस्तकमार्फत सरल र स्वस्थ जीवन बाच्ने कला र उपायहरु पुस्तकमार्फत प्रस्तुत गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका सल्लाहकारसमेत रहेका नेम्वाङ मनोक्रान्ति युकेका प्रमुखसमेत हुन् ।

तीन सय रुपैयाँ मूल्य रहेको उक्त पुस्तकको बिक्रीबाट जम्मा भएको रकम नेपालका दुर्गम क्षेत्रको सामाजिक कार्यमा खर्च गरिने लेखक नेम्वाङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्