काठमाडौं । रोटरी क्लव अफ काठमाडौं वेष्ट, स्पार्क हेल्थ होम र प्रहरी वृत्त कालिमाटीले शनिबार संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कालिमाटी प्रहरी वृत्तमा आयोजना गरिएको स्वास्थ्य शिविरको प्रमुख अतिथि वरिष्ठ प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले शुभारम्भ गरेका थिए । स्वास्थ्य शिविरमा एक सय ५० भन्दा बढी प्रहरी र कैदीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उक्त समारोहमा रोटरी अफ काठमाडौं वेष्टले ५९ जना ट्राफिक प्रहरीका लागि चश्मा निःशुल्क प्रदान गरेको थियो ।
स्वास्थ्य शिविरमा डा. प्रकाश श्रेष्ठ, डा. अनिलकुमार महतो, डा. सृष्टि श्रेष्ठ, डा. सत्यन्द्र सिंह, डा. आनन्द शाह, डा. रुपा बलामी, डा. रोस्तिका सुबेदी, डा. दीपिका बराल क्षेत्री र डा. रेखाकुुमारी जसवालले स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, दाँत र नशा सम्बन्धी परीक्षण गरिएको थियो । स्वास्थ्य शिविर समारोहमा रोटरी क्लव अफ काठमाडौं वेष्टका अध्यक्ष उर्मिला माली लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य परीक्षणको क्रममा कालिमाटी वृत्तका प्रहरीहरुमा पेटसम्बन्धी विमारी धेरै देखिएको थियो । यसका साथै धेरै ड्युटी गर्ने प्रहरीमा ढाड र नशा सम्बन्धी विमारी देखिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा स्पार्क हेल्थ होमद्वारा निःशुल्क औषधी वितरण गरिएको स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारीले दृष्टिन्युजलाई बताए ।














