Logo
Logo

नेपाल सिनियर केयरद्वारा वेभसाइट लन्चिङ


2.1k
Shares

काठमाडौं । नयाँबजारस्थित नेपाल सिनियर केयरले आफ्नो वेभसाइट लन्चिङ गरेको छ । शनिबार उपसभामुख इन्दिरा राना मगरको उपस्थितिमा वेभसाइटको लन्च गरिएको हो ।

कार्यक्रममा उपसभामुखले वेभसाइट लन्चिङ्ग गरेकोमा नेपाल सिनियर केयरलाई बधाई दिँदै यस सिनियर केयरमार्फत धेरैभन्दा धेरै बृद्धबृद्धालाई सेवा दिन सकोस् भन्ने शुभकामन दिइन् । सिनियर केयरले ज्येष्ठ नागरिकको उत्कृष्ट स्वास्थ्य सेवा लगायत अवासीय सेवाले ज्येष्ठ नागरिकको जीवनयापन सहज हुने उनले विश्वास व्यक्त गरिन् ।

सिनियर केयरका प्रवन्ध निर्देशक आरती पौडयाल कटवालले बृद्धबृद्धाहरुको उत्कृष्ट सेवा र हेरचाह, आनन्ददायी जीवनको प्रत्याभूतिका लागि नेपाल सिनियर केयर दिवा तथा आवासीय सेवा, नर्सिङ्ग केयर, फिजियोथेरापी, आयुर्वेदिक थेरापी लगायतका सेवाहरु दिँदै आएको जानकारी दिइन् ।

कार्यव्यस्तताले गर्दा छोराछोरीले समय दिन नपाएका बृद्धबृद्धालाई दिउँसोको समयमा यस केयर सेन्टरले उनीहरुको उचित हेरचाह र स्वास्थ्यका विभिन्न क्रियाकलापमा संलग्न गराएर आनन्दायी जीवनको प्रत्याभूति गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्