Logo
Logo

एमालेको मध्यपहाडी यात्रा आज धुलिखेल पुग्दै


441
Shares

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी यात्रा आजबाट पूर्वी नेपाल प्रवेश गर्दै छ । सुदुर पश्चिमको बैतडी झुलाघाटबाट ११ दिन अघि सुरु भएको पद यात्रा आज काभ्रेको धुलिखेल पुग्ने भएको हो ।

गएराति नुवाकोट पुगेको टोलीले राति १० बजे बट्टारमा आमसभा गरेको थियो । मध्यपहाडी लोकमार्गको मध्यविन्दुमा रहेको नुवाकोटबाटबाट टोली विहानै अघि बढीसकेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

काभ्रे आउने क्रममा टोलीले छहरेमा भेटघाट र मण्डन, कुन्तावेसीमा आमसभा गर्ने तयारी गरिएको छ । आजको बासस्थान काभ्रेको धुलिखेलमा हुने कार्यतालिका छ । प्रमुख गौतमका अनुसार आजको यात्रा ८२ किलोमिटरको हुनेछ ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित गत मंसिर १४ गतेबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिने छ ।

एमालेले मध्यपहाडको जनजीवनका समस्या, विकास निर्माणको अवस्था, बढ्दो बसाँइसराइ व्यवस्थापनलगायतमा धारणा बनाउन यात्रा थालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्