Logo
Logo

क्रिसमसको सामूहिक भोज खाँदा १ काे मृत्यु, १८ जना अस्पताल भर्ना


1.7k
Shares

पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ ।

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा सहभागी भएका की देवी परियारको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

भोजमा सहभागी भएका ३५ मध्ये अन्य १८ जना बिरामी परेको र उनीहरुलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको लमजुङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको थियो । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको पाइएको छ । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्